अनलाइन प्रविधि मार्फत निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचाहन बनाउदै आइजिआइ प्रुडेन्सियल, मोबाइल एपबाटै बीमा गर्न सकिने

  • BFIS News
  • 2024 Jun Thu 17:50
अनलाइन प्रविधि मार्फत निर्जीवन बीमा क्षेत्रमा छुट्टै पहिचाहन बनाउदै आइजिआइ प्रुडेन्सियल, मोबाइल एपबाटै बीमा गर्न सकिने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य सहित नयाँ अनलाइन पोर्टल तथा मोबाइल एपको शुभारम्भ गरेको छ ।

उक्त Mobile APP को शुभारम्भ नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष प्रविधि मैत्री बनाउनुका साथै ग्राहकहरूलाई सहज, सरल माध्यमबाट बीमा सेवा उपलब्ध गराउने उद्देश्यले अनलाईन बीमालेख जारी गर्न सकिने गरी Mobile APP को सुरुवात गरिएको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले जानकारी दिए । 

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले हरेक क्षेत्रलाई समेटदै निर्जीवन बीमाको क्षेत्रमा आफनो छुटै पहिचान स्थापित गर्ने उद्देश्यले कम्पनीको वेभसाईटमा Online Portal तथा Mobile Apps मार्फत उक्त सेवाको शुभारम्भ गरेको हो।

उक्त सेवा मार्फत २४सै घण्टा बीमा सेवा लिन सकिने छ । साथै, बीमितले बीमा गरेको कुनैपनि सम्पत्तिको क्षति भएमा सो वापतको दावी समेत Mobile Apps को माध्यमबाट कम्पनीमा जानकारी समेत गराउन सक्नेछ साथै ग्राहक महानुभावहरुले आफनो दाबीको अवस्था के कस्तो रहेको छ भन्ने बारेमा पनि सोही Apps बाट जानकारी लिन सक्नेछन ।

उक्त समारोहमा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले ग्राहकहरुलाई प्रविधि मार्फत बीमा सेवा प्रदान गर्न र दुर दराजमा रहेका ग्राहकहरुलाई समेत समेटनको लागि कम्पनीले Mobile Apps को माध्यमबाट सेवा सूचारु गरेकोमा धन्यवाद दिए । साथै अध्यक्ष सिलवालले शुरुमा प्रविधिका लागि लागत बढेपनि विस्तारै प्रशासनिक तथा अन्य खर्च कम भई अन्तत्वगत्व समय बीमा क्षेत्रमा नै सकारात्मक सन्देश प्रवाह हुने र कम्पनीको व्यवसाय तथा नाफामा समेत वृद्धि हुने बताए । उनले Mobile Apps को माध्यमबाट सेवालाई गुणस्तरीय रुपमा अगाडी बढाउन र बढी भन्दा बढी ग्राहकहरुलाई जोड्नको लागि अग्रिम शुभकामना दिए ।

सोही समारोहमा कम्पनीका अध्यक्ष हेमराज ढकालले हाल सूचना प्रविधिको तिव्र गतिमा विकास भैइ रहेको परिप्रेक्ष्यमा कम्पनीका ग्राहकहरुलाई पनि प्रविधिको माध्यमबाट सहज सेवा प्रदान प्रशासनिक खर्चमा मितव्ययिता अपनाउन सहज हुने र निर्जीवन बीमा क्षेत्रमा एक उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको जानकारी दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया