अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, एक डलर बराबर १३४.५५ रुपैयाँ

  • BFIS News
  • 2024 Jun Fri 10:08
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा, एक डलर बराबर १३४.५५ रुपैयाँ

काडमाडौं । नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ हालसम्म कै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज असार ७ गते शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ १५ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ ५५ पैसा कायम भएको छ । जुन अहिलेसम्मकै उच्च हो ।

यसअघि असार ३० गते डलरको भाउ १३४ रुपैयाँ ०१ पैसा पुगेको थियो । बिहीबार भने १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ८४ पैसा र खरिददर १३३ रुपैयाँ २४ पैसा कायम भएको थियो ।

 

राष्ट्र बैंककाअनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ९२ पैसा रहेको छ भने खरिददर १४३ रुपैयाँ २८ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७० रुपैयाँ २४ पैसा खरिद दर १६९ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५२ पैसा तोकिएको छ । 

क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ४१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार