विना लाइसेन्स वित्तीय सल्लाह दिनु फाइनान्सिल क्राइम हो, सहि परामर्श नपाउदा कालोसूचिमा संख्या थपिदै
- BFIS News
- 2023 Aug Thu 11:45
काठमाडौं । विना लाइसेन्स वित्तीय सल्लाह दिनु फाइनान्सिल क्राइम हो । नेपालमा जो कोहीले फाइनान्सियल सल्लाह सुझाव दिइरहेका हुन्छन् । बैंक वित्तीय संस्थादेखि लिएर शेयर बजारमा यस्तो अभ्यास व्याप्त छ ।
सामान्य जानकारीको भरमा कसैलाई सल्लाह सुझाव दिदा सम्बन्धित व्यक्तिले भविष्यमा गएर पछुताउनु परेका धेरै उदाहरण हामी माझ छन् । यसरी विना लाइसेन्सधारी सल्लाहकारको संख्या दिनानुदिन बढ्दो छ । यसका लागि सम्बन्धित निकायले कानुनी प्रावधानको विकास गर्नु पर्ने देखिन्छ ।
नेपालमा अझै पनि वित्तीय क्षेत्रमा सहि परामर्श दिने जनशक्तिको अभाव छ । त्यसमा पनि बैंकिङ प्रणालीमा क्रेडिट फ्रोफेसनलको एकदमै अभाव छ । बैंकहरुले नियमित रुपमा ऋणीको तोकिएको कागजपत्र हेर्ने र सोहि आधारमा कर्जा प्रवाह गर्ने जनशक्ति मात्रै छन् तर क्रेडिटमा काम गर्ने दक्ष जनशक्तिको अभाव रहेको एक बैंकरले जानकारी दिए । उनका लागि यसका लागि क्रेडिट प्रोफेसनलको आवश्यकता पर्छ ।
विश्वका अन्य देशमा यस्तो अभ्यास छ । कुनै पनि लगानीमा सुझाव दिने अथवा निर्देशन दिने जो सुकै व्यक्तिले लाइसेन्स लिएकै हुनु पर्छ । यसका लागि सरकारले लाइसेन्स दिने प्रावधान बनाएको हुन्छ । सम्बन्धित क्षेत्रमा हासिल गरेको अनुभव, अध्ययन, शैक्षिक योग्यता आदिलाई आधार मानेर यस्तो लाइसेन्स दिइन्छ । लाइसेन्स दिनु भन्दा अगाडी सम्बन्धित व्यक्तिले प्रोफेसनल कोर्ष गरेको छ कि छैन भनेर हेरिन्छ । यसका लागी छुट्टै कोर्ष डिजाइन गरिन्छ । बढ्नका लागि विभिन्न किसिमका शैक्षिक संस्था रहेका हुन्छ ।
नेपालको फाइनान्सियल मार्केट एकदमै सानो भएकाले पनि यस्तो अवधारणा विकास भइरहेको छैन । तर बैंकहरुको आकार र दायरा बढ्दै गर्दा क्रेडिट प्रोफेसनलको आवस्यकता महशुस हुन थालिसकेको छ । केहि बैंकहरुले यसका लागि आफ्नै कर्मचारीलाई तालिम दिन पनि सुरु गरिसकेका छन् । यो पेशा कन्सल्टिङ पेशा भए पनि अहिलेको लागि बैंकहरुले आन्तरिक रुपमै यस्तो जनशक्ति उत्पादन गरिरहेका छन् । उनिहरुले निश्चित रकम भन्दा माथिको ऋणमा आफैले हेरेर मूल्याङ्कन गर्छन् र सल्लाह सुझाव दिन्छन् ।
नेपालमा यस्तो किसिमको सल्लाह सुझाव दिने स्वतन्त्र विज्ञ नहुँदा ऋणीहरु डुबिरहेका छन् । यदि ऋणीले आफ्नो व्यवसायबाट म डुब्छु भन्ने थाहा पाउछ भने पक्कै पनि उसले धेरै ऋण लिदैन । नेपालमा यस्ता कन्सल्टेन्ट नहुँदा हरेक वर्ष ऋणीहरु जान अन्जानमा फसिरहेका छन् । उनिहरुको नाम वर्षेनी कालोसूचीमा परिरहेको छ ।
यस्तो ज्ञान क्रेडिटको प्रकृयाँ अगाडी बढाउने र क्रेडिङ स्वीकृत गर्ने दुबै पक्षलाई आवस्यक पर्छ । यदि बजार धेरै ठुलो छ भने प्रोफेसनलहरुलाई नै हायर गरिन्छ । केहि बैंकले आफैले कोर्ष डिजाइन गरेर कर्मचारीलाई तालिम नै प्रदान गर्दै आइरहेका छन् । यसमा केहि सैद्धान्तिक कुरा हुन्छन् भने केहि व्यवहारिक र केहि नीतिगत कुराहरु हुन्छन् ।
बैंकमा १० वर्षदेखि क्रेडिट हेर्दै आइरहेको जनशक्तिले पनि सबैभन्दा पहिला धितोमूल्याङ्कन नै हेर्छ । धितो बाहेक उसले व्यवसायलाई खासै ध्यान दिदैन । बैंकहरुले जहिले पनि व्याज तिर्न सक्छ सक्दैन भन्दा पनि यदि कर्जा बिग्रियो भने उठाउन सकिन्छ कि सकिदैन भनेर पहिला गरिन्छ ।
यदि क्रेडिट हेर्नेहरु प्रोफेसनल हुने हो भने उनिहरुले धितोमूल्याङ्कनका अतिरिक्त सम्बन्धित व्यवसायको कन्फिडेन्सलाई पनि हेर्छन् । जसले गर्दा धितोमूल्याङ्कन भन्दा २० प्रतिशत बढि कर्जा प्रवाह गर्ने आट गर्न सक्छन् । तर नेपाली बैंकिङ क्षेत्रमा यो लेभलको कन्फिडेन्स अझै विकास हुन सकेको छैन । अधिकाम्सको विचार व्यवसाय ठिक ठिकै छ तर जग्गा धेरै राम्रो भएकाले परिहाल्यो भने त्यहि जग्गा बेचेर उठाउला नि भन्ने हुन्छ । तर बैंकको उद्देश्य व्यवसायले तिर्न सक्छ सक्दैन भनेर हेर्ने हो । यता तर्फ कसैको पनि ध्यान देखिदैन । बैंकहरुले पुरानै शैलीमा कर्जा प्रवाह गर्न बढि ढुक्क मान्छन् ।
प्रतिक्रिया