Nepal Life

नेशनल लाइफले घोषणा गर्यो सर्वाधिक धेरै बोनसदर, सफलतालाई निरन्तरता दिदै अधिकतम ८५ रुपैयाँसम्म प्रदान

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Fri 15:25
नेशनल लाइफले घोषणा गर्यो सर्वाधिक धेरै बोनसदर, सफलतालाई निरन्तरता दिदै अधिकतम ८५ रुपैयाँसम्म प्रदान
Sanima Reliance

काठमाडौं । नेशनल लाइफले जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै बोनसदर दिने भएको छ । आफ्नो सफलतालाई निरन्तरता दिदै नेपाल लाइफले यस वर्ष पनि अन्य जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै बोनसदर घोषणा गर्न सफल भएको हो ।

NIMB

नेपाल बीमा प्राधिकरणले कम्पनीको आर्थिक वर्ष २०७९/८० को बीमाङ्कीय प्रतिवेदन स्वीकृत गरे सँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीको यो सफलता प्रति बीमित, अभिकर्ता, कर्मचारी, नियामक निकाय लगायत सबैलाई हार्दिक आभार प्रकट गरेको छ ।

गएको वर्षमा जस्तै यस वर्ष पनि कम्पनीले बीमितलाई सर्वाधिक धेरै प्रति हजार ८५ रुपैयाँ बोनसदर दिदैछ । बीमितले न्युनतम पनि प्रतिहजार ६३ रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।

सावधिक जीवन बीमालेख

कम्पनीको साविधिक जीवन बीमालेख खरिद गर्ने बीमितले न्युनतम पनि ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँ पाएका छन् । जसमा २० वर्षसम्मको बीमा पोलिसी खरिद गर्नले प्रति हजार ६४ रुपैयाँ बोनसदर पाएका छन् । यो समुहमा सर्वाधिक धेरै बीमितहरु रहेको कम्पनीले जनाएको छ । त्यस्तै २१ वर्षदेखि २५ वर्ष अवधिको बीमालेखमा प्रति हजार ७० रुपैयाँ र २६ वर्ष भन्दा माथिको बीमा पोलिसी खरिद गर्नले प्रति हजार ८५ रुपैया बोनसदर पाएका हुन् ।

सावधिक तथा आजीवन बीमालेख

यो बीमा पोलिसीमा पनि २० वर्ष अवधिसम्मका बीमितलाई प्रति हजार ६४ रुपैयाँ बोनसदर प्रदान गरिएको छ । २१ वर्षदेखि २५ वर्ष अवधिको बीमा पोलिसीमा प्रति हजार ७० रुपैयाँ र २६ वर्षदेखि माथिको बीमा पोलिसीमा प्रति हजार ८५ रुपैयाँ कायम भए पनि यस्तो पोलिसी होल्डरको संख्या सून्य छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख

नेपाल लाइफबाट अग्रिम भुक्तानी अर्थात मनिव्याक पोलिसी खरिद गर्ने बीमितले न्युनतम पनि प्रति हजार ६३ रुपैयाँ पाएका छन् । जवकी अन्य जीवन बीमा कम्पनीहरुले मनि व्याक पोलिसीमा यति धेरै बोनसदर दिन सकिरहेका छैनन् । यस समुह अन्तर्गतका बीमा पोलिसीमा १५ देखि माथि अवधिका पोलिसीमा ६४ रुपैया प्रदान गरेको छ ।

दाबी भुक्तानीका क्रममा बीमितले अर्को बोनसदर नआएसम्म यहि दरका आधार प्राप्त गर्ने कम्पनीले जनाएको छ । जीवन बीमा क्षेत्रमा बीमितको बोनसदरलाई विशेष महत्वका साथ हेरिन्छ । जीवन बीमा कम्पनीको मूल्याङ्कनको प्रमुख आधार यस्तो बोनसदर हो । जति धेरै बोनसदर निर्धारण गरिन्छ भोलिका दिनमा बीमितले पाउने प्रतिफलमा पनि सही अनुसार धेरै रकम प्राप्त गर्छन् ।

कम्पनीले बोनसदर सार्वजनिक गरे सँगै अव शेयरधनीहरुले पनि लाभांश पाउने समय आएको छ । जीवन बीमा क्षेत्रमा सबैभन्दा पहिला बीमितको दायित्व मूल्याङ्कन गरेर बीमाङ्कीय मूल्याङ्कन तयार भइसके पछि मात्रै लेखापरीक्षण तयार हुन्छ । अवको केहि समयमै कम्पनीले लेखापरिक्षण तयार पारी शेयरधनीका लागि लाभांश घोषणा गर्नेछ । यस वर्ष कम्पनीलाई पुरानै बोनसदरलाई टिकाइ राख्न धेरै धौ धौ परेको थियो । नेपाल बीमा प्राधिकरणको फ्युचर बोनस प्रोभिजनिङका बाबजुद पनि यति धेरै बोनसदर सार्वजनिक गर्न सक्नु आफैमा कम्पनीको ठुलो सफलता हो ।

यहि हिसावले कम्पनीले आगामी दिनमा पनि बोनसदर कायम गर्दै लैजाने हो भने नेशनल लाइफबाट बीमा गराउने जो सुकैले बीमाङ्कको दोब्बर भन्दा धेरै प्रतिफल पाउने निश्चित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार