Nepal Life

आर्थिक मन्दी र विद्युतीकरणको प्रभाव सँगै पेट्रोलियम पदार्थको आयात घट्यो, व्यापार घाटा घटाउदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Fri 17:07
आर्थिक मन्दी र विद्युतीकरणको प्रभाव सँगै पेट्रोलियम पदार्थको आयात घट्यो, व्यापार घाटा घटाउदै
Sanima Reliance

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आयात घट्न थालेको छ । नेपाल आयल निगमका अधिकारीहरूका अनुसार केही इन्धनको आयात लगातार घटिरहेको छ। त्यसरी आयातको परिमाण घट्नेमा मुख्यत: डिजल र खाना पकाउने एलपी ग्यास छन्।

NIMB

चालु आर्थिक वर्ष (२०८०/८१) को एघार महिनामा १ खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही महिनाको अवधिमा ८ अर्ब ३९ करोड ९७ लाख ८४ हजार रुपैयाँले कम हो। गत आर्थिक वर्ष (२०७९/८०) मा १ खर्ब ३७ अर्ब ६० करोड २६ लाख ७७ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको थियो ।

चालु आर्थिक वर्षको एघार महिना (साउन-जेठ) सम्म ११२ लाख ५ हजार २७ किलोलिटर डिजेल आयात भएको छ । जुन गत आवको सोही अवधिको भन्दा २४ हजार ७२९ किलोलिटरले कम हो । गत आर्थिक वर्ष १२ लाख २६ हजार २९८ किलो लिटर डिजेल आयात भएको थियो ।

यस्तै चालु आवमा पेट्रोलको आयात मूल्य पनि घटेको छ । चालु आवमा पेट्रोल आयात १ अर्ब ४८ करोड ८४ लाख ४९१ रुपैयाँले कमी आएको छ । चालु आवमा ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपैयाँ बराबरको ६ लाख ३० हजार ६३ किलो लिटर पेट्रोल आयात हुँदा गत आवमा ६१ अर्ब ३८ करोड ८८ लाख ४४ हजार रुपैयाँ बराबरको ६ लाख २१ हजार १२७ किलोलिटर पेट्रोल आयात भएको थियो।

यस्तै, चालु आवको खाना पकाउने एलपी ग्यासको आयात परिमाणात्मक रुपमा बढे रकमका हिसावले भने घटेको छ । चालु आवमा ५१ अर्ब ७ करोड २६ लाख ७९ हजार रुपैयाँ बराबरको ४८ करोड १६ लाख २५ हजार २५८ केजी एलपी ग्यास आयात भएको छ । गत आवमा ५४ अर्ब ३२ करोड ९७ लाख ७१ हजार रुपैयाँको ४७ करोड ४० लाख ५७ हजार १८ केजी एलपी ग्यास आयात भएको थियो । 

यता, हवाई इन्धनको आयात मूल्य भने बढेको भन्सार विभागले जनाएको छ । चालु आवमा १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपैयाँको १ लाख ८४ हजार ६६ किलोलिटर हवाई इन्धन आयात भएको छ । गत आवमा १८ अर्ब ९३ करोड ५२ लाख ३६ हजार रुपैयाँ बराबरको १२ लाख ४४ हजार १६१ किलो हवाइ इन्धन आयात भएको थियो ।

ढुवानी र विकास निर्माणका काममा डिजलको प्रयोग उच्च मात्रामा हुन्छ । डिजलतर्फ आयात घट्नुको प्रमुख कारणविकास निर्माणका गतिविधिमा आएको सुस्तता र अर्को नेपालमाभन्दा सीमावर्ती भारतीय सहरमा रहेको मूल्यको अन्तर हो । त्यसैगरी केही अंश ठूला सवारीहरूतर्फ समेत विस्तारै इलेक्ट्रिक सवारीसाधनहरू देखिन थाल्नु पनि हो।

पूँजीगत खर्च कम हुँदाको असर

देशको विकास बजेट कम खर्च भइरहेकाले डीजलको खपत न्यून हुनु स्वाभाविक रहेको विज्ञहरु बताउछन् । विकासका गतिविधि सुरु हुने बित्तिकै डिजेलको खपत स्वत बढ्ने उनिहरुको विश्लेषण छ । तर डीजल खपत कम हुनेगरी नेपालमा ठूला विद्युतीय सवारी आइसकेको अवस्था छैन। यसले गर्दा डिजेलको खपत दीर्घकालिन रुपमा घट्यो भनेर भन्न नसकिने उनिहरु बताउछन् । अर्को तर्फ डिजेलको खपत घटिरहनुले देशको विकास सुस्त भइरहेको संकेत गर्छ । 

रक्सौलमा भन्दा नेपालतर्फ पेट्रोल सस्तो भए पनि अन्य मुख्य नाकाहरूमा पेट्रोलसमेत भारतमा भन्दा नेपालमा महँगो रहेको आयल निगमका अधिकारीहरू बताउँछन्। यसले गर्दा भारतबाट आउने कुनै पनि सवारी साधनले नेपालमा इन्धर भर्दैनन् । तर नेपालको मध्यभागका सहरी क्षेत्रमा भने पेट्रोलियम पदार्थको खपतमा खासै अन्तर नरहेको निगमको विश्लेषण छ । 

सरकारले इलेक्ट्रिक चुलोलाई जति सुकै प्रोत्साहन गरे पनि खाना पकाउने ग्यासको परिणाम भने घट्न सकेको छैन । अर्को तर्फ सहरी क्षेत्र बढ्दै गर्दा ग्यासको उपभोग गर्नेको संख्यामा पनि क्रमिक रुपमा बढिरहेको छ । 

व्यापार घाटा कम हुँदै

चालु आर्थिक वर्षको जेठ महिनासम्ममा देशको व्यापार घाटा १ दशमलब ७२ प्रतिशतले घटेर १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।

पछिल्लो समय आयात निर्यातमा कमी आउँदा देशको समग्र व्यापार घाटामा समेत विस्तारै कमी हुन थालेको हो । अघिल्लो वर्षको ११ महिनासम्म देशको समग्र व्यापार घाटा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख ८२ हजार रुपैयाँ थियो ।

व्यापार घाटा मात्रै होइन, देशको निर्यात र आयातको साथसाथै समग्र वैदेशिक व्यापारमै गिरावट आएको भन्सार विभागको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार नेपालको आयात व्यापार जेठ महिनासम्म १ दशमलब ८४ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ भने निर्यात व्यापार ३.०१ प्रतिशतले घटेर १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयामा सीमित हुन पुगेको छ ।

११ महिनाको तथ्यांक अनुसार आयात निर्यात अनुपात १०.४४ रहेको छ भने कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८दशमलब ७४ प्रतिशत र आयातको हिस्सा ९१ दशमलब २६ प्रतिशत रहेको छ । सरकारले सामान आयातबाट मात्रै ३ खर्ब ८४ अर्ब ४७ करोड ७९ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार