Nepal Life

बेस्ट एक्सचेञ्ज हाउसको इजाजतपत्र खारेज हुँदै, लेनदेन बाँकी भएकालाई हिसाब मिलाउन राष्ट्र बैंकको आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Jun 22 13:35
बेस्ट एक्सचेञ्ज हाउसको इजाजतपत्र खारेज हुँदै, लेनदेन बाँकी भएकालाई हिसाब मिलाउन राष्ट्र बैंकको आह्वान
National Life

काठमाडौं । बेस्ट एक्सचेञ्ज हाउसको लाइसेन्स खारेज हुने भएको छ। नेपाल राष्ट्र बैंकबाट मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरेको बेस्ट एक्सचेञ्ज हाउस ठमेल काठमाडौंले स्वेच्छिक रुपमा लाइसेन्स खारेज गर्न निवेदन दिएको छ।

Shikhar
NIMB

राष्ट्र बैंकले बेस्ट एक्सचेञ्ज हाउसको निवेदन अनुरुप लाइसेन्स खारेजी प्रक्रिया अघि बढाएको छ। मनिचेञ्जर कारोबारको सिलसिलामा कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाको लेनदेन (मनिचेञ्जरसँग सम्बन्धित कारोबार मात्र)रकम बाँकी रहेको भए शनिबार प्रकाशित सूचनाको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापपन विभागमा लिखित रुपमा जानकारी दिन राष्ट्र बैंकले सूचित गरेको छ।

तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा निवेदकको मागबमोजिम लाइसेन्स खारेजी गरी बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया