धितोपत्र बोर्डले सुरु गर्‍यो सार्वजनिक निष्काशनको अनुमति, हकप्रदको प्रकृया अगाडि बढ्यो, आइपिओमा अन्योलता

  • BFIS News
  • 2024 Jun Sun 05:30
धितोपत्र बोर्डले सुरु गर्‍यो सार्वजनिक निष्काशनको अनुमति, हकप्रदको प्रकृया अगाडि बढ्यो, आइपिओमा अन्योलता

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ महिना पछि बल्ल सार्वजनिक निष्काशनको अनुमति दिन सुरु गरेको छ । विगत ६ महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ । निर्वतमान अध्यक्ष हमालको अवकास सँगै कुनै पनि कम्पनीले आइपिओ निष्काशनको अनुमति पाउन सकेका छैनन् । 

सरकारले समयमा अध्यक्ष नियुक्त गर्न नसक्दा लाखौ करोडौ रुपैयाँको निष्काशन प्रकृयाँमा अवरोध पैदा भएको हो । सरकारले कार्यवहाक अध्यक्ष नियुक्त गरे पनि उनले कुनै पनि जोखिम लिन चाहेका छैनन् । जोखिम लिन नचाहदा नचाहदैमा पनि उनले कुनै पनि जोखिम नहुने विश्वासमा हिमालय उर्जा विकास कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद बिक्रीका लागि अनुमति दिएका छन्।कम्पनीले १ बराबर १ अनुपातमा ९९ लाख १ कित्ता हकप्रद जारी गर्नेछ ।

अव क्रमिक रुपमा अन्य कम्पनीहरुले पनि अनुमति पाउदै जाने बोर्डले जनाएको छ । आइपिओको हकमा भने केहि अन्योलता देखिएको छ । अर्थसमितिले दिएका सुझावका आधारमा मात्रै आइपिओ निष्काशन गर्नु पर्ने धारणामा बोर्ड छ । यसका लागि बोर्डले निर्देशिका संशोधन गर्नु पर्छ । 

बोर्डले चाह्यो भने आन्तरिक रुपमा धितोपत्र बोर्डको सञ्चालक समितिले नै निर्देशिका तथा नियम संशोधन गरि अल्पकालिन रुपमा ति व्यवस्थाहरु लागु गर्न सक्ने अधिकार छ । तर बोर्डका विद्यमान सञ्चालक तथा कार्यकारी भुमिकामा आएका अध्यक्षको पनि राय सकेसम्म अहिले अगाडी नबढाउने नै छ । उनि आफै पनि सरकारले छिटो भन्दा छिटो अध्यक्ष नियुक्त गरिदिएर आफुलाई मन्त्रालय पठाओस भन्ने चाहन्छन् । 

तर राजनीतिक खिचातानी र सत्तारुढ दलहरु विचको टकरावले बोर्डको अध्यक्ष नियुक्ति प्रकृयाँ विवादित बनेको छ । यस सँगै अव बोर्डको अध्यक्ष कहिले आउने हो भन्नेमा अन्यलता छाएको छ । छनोट समितिले अहिलेसम्म पनि कुनै निर्णय गर्न सकेको छैन । यसले गर्दा तत्काल आइपिओ निष्काशनको अनुमति आउन गाह्रो पर्ने धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार