NIMB Header 2
Nepal Life

विजय लघुवित्तले बोलायो वार्षिक साधारण सभा, एफपिओ जारी गर्ने प्रस्ताव पारित हुने

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 23 07:47
विजय लघुवित्तले बोलायो वार्षिक साधारण सभा, एफपिओ जारी गर्ने प्रस्ताव पारित हुने
Everest Bank

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं वार्षिक साधारण सभा असार ३० गते धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो।

NIMB

सभामा सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृत लिइ थप सार्वजनिक निष्कासन (एफपिओ) गर्ने, सोही सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
 
यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।

सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा संस्थापक समूह‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूह‘ख’ बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ।  

सभा प्रयोजनका लागि संस्थाले आगामी असार १७ गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया