NIMB Header 2
Prabhu Mahalaxmi

आफ्नो स्वामित्वमा रहेको निफ्राको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक

United Ajod
  • BFIS News
  • 2024 Jun 23 09:09
आफ्नो स्वामित्वमा रहेको निफ्राको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक
IME LIFE

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा राख्ने भएको छ। बैंकले निफ्राको १० लाख कित्ता संस्थापक सेयर असार १० गतेदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राख्न लागेको हो।
 

Nepal Life
NIMB

इच्छुक लगानीकर्ताले आगामी असार १७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ निर्धारण गरिएको छ ।  

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जोसुकै कम्पनी व्यक्ति वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।    
सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ। बोलपत्र आवेदन काठमाडौंको बबरमहलस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिने छ।

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया