NIMB Header 2
Nepal Life

अर्थसचिव मरासिनी भन्छन् - आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ

National Life
  • BFIS News
  • 2024 Jun 23 11:03
अर्थसचिव मरासिनी भन्छन् - आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिन्छ
Sanima Reliance

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आइतबार आयोजना गरेको नेपाली बैंकिङ क्षेत्रमा जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

Shikhar
NIMB

पछिल्लो समय अर्थतन्त्र सुधार हुँदै गएकोले आर्थिक वृद्धिदर ७ प्रतिशतसम्म पुर्‍याउन सकिने उनको भनाइ छ। अहिले अर्थतन्त्र सही मार्गमा अघि बढेको र आर्थिक गतिविधि बढ्ने स्थिति बनिसकेको उनले बताए। तर, त्यसलाई तीव्रता दिन र अर्थतन्त्रमा चाँडो सुधार ल्याउन हाल चलिरहेको भाष्यमा सुधार ल्याउने कुरामा उनले जोड दिए।

अर्थसचिव मरासिनीले भने, ‘यो भाष्यलाई परिवर्तन गर्नुपर्छ, अर्थतन्त्र कन्फिडेन्सले पनि चल्ने हो । मुहार हेरेर पनि कारोबार गर्नु पर्ने अवस्था आउन सक्छ। बैंकर साथीहरूले पनि यो विषयमा मनन गर्नुपर्छ।’

प्रतिव्यक्ति आयको हिसाबमा एसियामा नेपाल केही पछाडि भए पनि वित्तीय स्थिरता लगायत आधारभूत सूचकहरूमा अन्य देशको तुलनामा अगाडि नै रहेको  उनले बताए।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया