NIMB Header 2
Nepal Life

प्रतितोला २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 Jun 23 11:17
प्रतितोला २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार प्रतितोला एक हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार सात सय रूपैयाँले घटेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १५ रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया