एनआइसी एसिया बैंक बन्यो ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य

  • BFIS News
  • 2024 Jun Sun 14:13
एनआइसी एसिया बैंक बन्यो ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’ को सदस्य

काठमाडौं । एनआइसी एसिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्सको सदस्य बनेको छ। विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको यो पहलमा एनआइसी एसिया बैंक सामेल हुन सफल भएको हो।

६ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग, पिसिएएफ उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एसिया प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। बैंकले पीसीएएफसँग पङ्क्तिबद्ध भएर, आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिने जनाए ।

‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले, एनआइसी एसिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायु मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार