NIMB Header 2
Nepal Life

माछापुच्छ्रे बैंक र एनसेलबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 Jun 23 18:43
माछापुच्छ्रे बैंक र एनसेलबीच सम्झौता
Sanima Reliance

काठमाडौं । माछापुच्छ्रे बैंक र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत् सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन्।

Shikhar
NIMB

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधाहरू रहेको एनसेलको ‘सधैं अन’ योजना अन्तर्गत गरिएको यस सम्झौता अनुसार, अब बैंकमा आफ्नो खाता भएका एनसेलका ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप एमबिएल एम–स्मार्टको चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत् सजिलै ब्यालेन्स रिचार्जका साथै सेवा, सुविधाहरू खरिदका लागि भुक्तानी गर्न सक्नेछन्।

यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताहरूले पनि रिटेलर्स एपमार्फत् सिधै बैंकको खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन्।

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई अहज बनाउँदै सधैं अन रहन सहयोग गर्ने विश्वास एनसेल र बैंकले लिएको छ।

एनसेल एपमा अन्य सुविधाहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई देशभित्र मात्र नभई देश बाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया