सगरमाथा लुम्बिनी 'सलिको' र डेल्क्रेडा नेपाल बिच नेपालमा उधारो बिक्रि बीमा प्रवर्धन गर्ने समझदारी

  • BFIS News
  • 2024 Jun Sun 21:55
सगरमाथा लुम्बिनी 'सलिको' र डेल्क्रेडा नेपाल बिच नेपालमा उधारो बिक्रि बीमा प्रवर्धन गर्ने समझदारी

कठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 'सलिको'ले नेपालमा उधारो बिक्री बीमाको विकास तथा प्रवर्द्धन गर्नका लागि डेल्क्रेडा नेपाल सँग समन्वय गर्ने भएको छ । 

कम्पनीले आज एक विशेष समारोहका विचमा उधारो बिक्रि व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्रि बिमा सम्बन्धि विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा सँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । नेपाली बजार अनुरुप उधारो बिक्रि बिमाको सुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको हो । जसबाट ब्यबसायी लगायत सरकारलाई पर्याप्त लाभहरू हुने कम्पनीले दाबी गरेको छ । 

समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रुपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्रि बिमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्ने कम्पनीले विश्वास लिएको छ । यस सहकार्यले तालिमका कार्यक्रमहरू आयोजना गरेर उधारो बिक्रि बिमाको फाइदाहरूका बारेमा व्यवसायहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य राखेको छ। साथै डेल्क्रेडा नेपालले सलिको लाई उपयुक्त उधारो बिक्रि बिमा नीति विकास गर्न, प्राबिधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तररुपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्नेछ। उधारो बिक्रि बिमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू हुने कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार स पोलिसीले व्यवसायलाई हुने फाइदाहरू यस प्रकारका छन्ः

जोखिम न्यूनीकरणः उधारो बिक्रि बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तान नगर्ने जोखिमबाट जोगाउँदछ र तिनीहरूका नगद प्रवाहमा बाधा नपर्ने सुनिश्चित गर्दछ ।

क्रेडिट व्यवस्थापनः उधारो बिक्रि बीमाबाट, व्यवसायहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट सर्तहरू बढाउन, व्यापार सम्बन्ध सुदृढ गर्न र आफ्नो बजार पहुँच विस्तार गर्न सहयोग पुर्याउदछ ।

वित्तिय पहुँचः उधारो बिक्रि बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवशायी हरुलाई अनुकुल शर्तमा सहजै ऋण प्रदान गर्ने देखिन्छ।

स्थायित्व र वृद्धिः आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी आत्मविश्वासका साथ दीर्घकालीन वृद्धि र स्थिरताको लागि योजना बनाउन सक्दछन्।

सरकारलाई फाइदाहरू यस प्रकारका छन्ः

आर्थिक स्थायित्वः सरकारले उधारो बिक्रि बीमाको प्रयोगलाई बढावा दिएर, भुक्तानी नगरिएको बिजकहरूका कारण व्यवसाय विफलताको जोखिमलाई कम गर्दछ र अर्थतन्त्रको समग्र स्थिरतालाई बढाउँदछ।

कर राजस्वमा बृद्धीः उधारो बिक्रि बीमाको थप सुरक्षाको साथ व्यवसायहरू बढ्दै र फस्टाउन थालेपछि, उच्च
व्यापार गतिविधि र कर राजस्वमा समेत वृद्धि हुनेछ ।

सुदृढ वित्तीय क्षेत्र र लगानी आकर्षणः उधारो बिक्रि बीमा बजारको विकासले नेपालको वित्तीय क्षेत्रको समग्र बल र लचिलोपनमा योगदान पुर्याउनेछ, थप लगानी आकर्षित गर्न र आर्थिक विकासलाई बढावा दिनेछ।

सलिको र डेल्क्रेडा नेपाल बीचको यो ऐतिहासिक समझदारी नेपालमा उधारो बिक्रि बीमाको विकासमा अगाडि बढेको एउटा ठूलो खुड्किलो  हो। आफ्नो विशेषज्ञता र स्रोतहरू संयोजन गरेर, दुवै कम्पनीहरू सुरक्षित र गतिशील व्यापार वातावरण सिर्जना गर्न तयार छन्, जसले देशभर आर्थिक वृद्धि र स्थिरतालाई प्रोत्शाहन गर्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया