NIMB Header 2
Nepal Life

नागरिक लगानी कोषले बोलायो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने

National Life
  • BFIS News
  • 2024 Jun 24 08:14
नागरिक लगानी कोषले बोलायो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोष (सिआइटी) ले वार्षिक साधारण सभा आह्वान गरेको छ। असार ९ गते बसेको कोषको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा आगामी असार ३१ गते भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो।

Shikhar
NIMB

उक्त सभामा कोषको सञ्चालक समितिद्वारा गत आव २०७९/८० का लागि प्रस्तावित १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १४.७३६८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।  

यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनी तथा सञ्चालकहरुको तर्फबाट १/१ जना प्रतिनिधि नियुक्त गर्ने  प्रस्ताव पारित गरिनेछ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले आगामी असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कोषद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।    

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया