NIMB Header 2
Nepal Life

बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 Jun 24 11:00
बढ्यो सुन-चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य बढेको छ। आइतबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।  

आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँले मूल्य बढेको हो। आइतबार प्रतितोला १८ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १८ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया