Nepal Life

नेपालमै उत्पादित हुन्डाई भेन्युको मूल्य सार्वजनिकसँगै बिक्री पनि सुरु

NMB Bank
  • BFIS News
  • 2024 Jun 24 13:54
नेपालमै उत्पादित हुन्डाई भेन्युको मूल्य सार्वजनिकसँगै बिक्री पनि सुरु
National Life

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा बनेको भेन्युको मूल्य सार्वजनिक गर्दै बिक्री सुरू गरेको छ।

Shikhar
NIMB

नेपालमा नै हुन्डाई भेन्युको व्यवसायिक उत्पादन गरिएको कुरालाइ ध्यानमा राखी कम्पनीले हुन्डाई नेपाल : मेड फर योर जर्नी ग्राहकमुखी योजना ल्याएको छ।

यस योजनामा हुन्डाई भेन्यु खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङको व्यवस्था, १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी रहने कम्पनीले  जनाएको छ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो।

लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा भेन्यु मोडल उत्पादन सुरू गरेको र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडीहरू सरह कै हुने कम्पनीले दाबी गरेको छ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सृजना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक स्रोत तथा विद्युतको खपत, कुल गाहर्स्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधनउपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जानकारी गराएको छ।

हाल बिक्री वितरण सुरू भएको मेड इन नेपाल हुन्डाई भेन्यु १.२(एस) को मूल्य ४४ लाख ९६ हजार रूपैयाँ र भेन्यु १.२(एसएक्स) ५३ लाख ५६ हजार रूपैयाँ कायम गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया