Nepal Life

एनआइसी एसिया बैंकले ल्यायो भाखा नाघेका ऋणीलाई छुट योजना

NMB Bank
  • BFIS News
  • 2024 Jun 24 14:14
एनआइसी एसिया बैंकले ल्यायो भाखा नाघेका ऋणीलाई छुट योजना
National Life

काठमाडौं । एनआइसी एसिया बैंकले चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरुको ऋणीले सम्पूर्ण कर्जा रकम असार महिनाभित्रमा तिरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा छुट समेत प्रदान गर्ने योजना ल्याएको छ ।

Shikhar
NIMB

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने हेतुले यस्तो योजना ल्याइएको बैंकले जनाएको छ।

बैंकले २०८० चैत मसान्तसम्ममा ९१ दिनदेखि १८० दिन भाखा नाघेकोमा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिन नाघेकोमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढि भाखा नाघेकोमा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट दिने जनाएको हो।

सम्वन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा छुट प्रदान गर्ने गरी उक्त योजना ल्याएको हो।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया