Nepal Life

आफ्नो स्वामित्वमा रहेको लगानी कोषको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक

NMB Bank
  • BFIS News
  • 2024 Jun 25 08:58
आफ्नो स्वामित्वमा रहेको लगानी कोषको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया बैंक
National Life

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोष (सिआइटी) को संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ।

Shikhar
NIMB

बैंकले आजदेखि सिआइटीको ५० हजार कित्ता सेयर लिलामीमा राखेको हो।  

इच्छुक लगानीकर्ताले आगामी असार १८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७३९ रुपैयाँ निर्धारण गरिएको छ।

सेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र आवेदन बबरमहलस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया