Nepal Life

असार २७ गतेदेखि एकीकृत कारोबार थाल्दै जाल्पा सामुदायिक र किसान लघुवित्त

NMB Bank
  • BFIS News
  • 2024 Jun 25 11:04
असार २७ गतेदेखि एकीकृत कारोबार थाल्दै जाल्पा सामुदायिक र किसान लघुवित्त
National Life

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थाले आगामी असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्। मर्जरमा गएका यी दुवै संस्थाले मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्।

Shikhar
NIMB

डेटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार भने बन्द रहने छ।  

दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो।

दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए ।

जाल्पा सामूदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात १:०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको थियो।

आपसमा गाभिएर बनेको मातृभूमी लघुवित्तको केन्द्रीय कार्यालय लम्कीचुहा–४ कैलाली र कर्पोरेट कार्यालय बुढानीलकण्ढ–८ काठमाडौंमा रहने छ।  

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया