Nepal Life

एसइइको नतिजा स्पारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्न सकिन्छ नतिजा

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 13:26
एसइइको नतिजा स्पारो एसएमएसबाट हेर्न सकिने, यसरी हेर्न सकिन्छ नतिजा
Sanima Reliance

काठमाडौं । एसइइको नतिजाका लागि स्पारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्ड सँग सहकार्य गरेको छ । परीक्षा बोर्ड सँगको सहकार्य सँगै विद्यार्थीहरुले आफ्नो नतिजा एसएमएस मार्फत सहजै हेर्न सक्ने भएका हुन् । 

NIMB

विगतका दिनमा एसएलसीको नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टाैं खोज्नुपर्ने अवस्थाबाट नतिजा सार्वजनिक भएको केहि क्षण मै प्राप्त गर्न सकिने स्पारोले जनाएको छ । 

एसएमएसमा आधारित नतिजा हेर्ने प्रविधिले विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि परीक्षा केन्द्रहरू जानु पर्ने वा जटिल अनलाइन पोर्टलहरू हेर्न आवश्यकतालाई हटाएर सरल प्रक्रिया मार्फत थाहा पाउने जनाइएको छ । 

SEE (SLC) को नतिजा २०८०-२०८१ SMS मार्फत कसरी हेर्ने ?

आफ्नो मोबाइल सन्देश बक्समा जानुपर्नेछ 

नयाँ सन्देश लेख्नुहोस्

टाइप गर्नुहोस् SEE तपाईंको सिम्बोल नम्बर

35001मा SMS पठाउनुहोस्

“मोबाइल फोनको व्यापक प्रयोगको फाइदा उठाउँदै, यो SMS-आधारित नतिजा प्राप्त गर्न प्रविधिले देशका सबै कुनाका विद्यार्थीहरूले उनीहरूको भौगोलिक स्थान वा इन्टरनेट जडानको बाबजुद सजिलैसँग उनीहरूको SEE नतिजा हेर्न सक्छन् भन्ने कुरा सुनिश्चित गर्दछ।” - प्रमुख कार्यकारी अधिकृत मनोज थापाले भने । 

Sparrow SMS नेपालकै प्रमुख SMS सेवा प्रदायक हो, जसले BULK SMS, API Integration, र महत्वपूर्ण जानकारी प्रसारण सहित विभिन्न सेवाहरू प्रदान गर्दछ। कनेक्टिविटी र जानकारीमा पहुँच सुधार गर्न प्रतिबद्ध, Sparrow SMSले विभिन्न संस्थाहरूलाई सेवा दिदैं आईरहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया