Nepal Life

धितोपत्र बोर्डको अध्यक्ष सिफारिसमा महान्यायाधिवक्ता कार्यालयको व्याख्या - दुईजना मात्रै सिफारिस गर्न मिल्दैन

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 13:46
धितोपत्र बोर्डको अध्यक्ष सिफारिसमा महान्यायाधिवक्ता कार्यालयको व्याख्या -  दुईजना मात्रै सिफारिस गर्न मिल्दैन
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनमा फेरि अन्यौलता थपिएको छ। महान्यायाधिवक्ताको कार्यालयले अन्तर्वार्तामा सहभागी भएका दुईजनालाई मात्रै सिफारिस गर्न नमिल्ने व्याख्या गरेको छ।

NIMB

सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मात्रै कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिएका थिए। सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सिइओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका थिए।

कार्यालयले या त पहिलो चरणमा छानिएका पाँचमध्ये तीनजनाको नाम सरकारलाई सिफारिस गर्नुपर्ने नभए पुनः नयाँ प्रक्रिया सुरू गर्नुपर्ने सल्लाह दिएको छ।

कानुनी रूपमा नै कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने महान्यायाधिवक्ता कार्यलयको सुझाव छ।

धितोपत्र बोर्डका अध्यक्षको लागि बोलाइएको पहिलो पटकको अन्तर्वार्तामा जम्मा दुई जना उम्मेदवार मात्रै पुगेपछि बाँकी तीन जनालाई पुन: बोलाइएको थियो। तर, तीनैजना उपस्थित नभएपछि अर्थ मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालयसँग सुझाव मागेको थियो।

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया