Nepal Life

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ७.२९ प्रतिशतले बढेर एक खर्ब ३३ अर्ब, कसको कति (इन्फोग्राफिक्स)

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 18:12
जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन ७.२९ प्रतिशतले बढेर एक खर्ब ३३ अर्ब, कसको कति (इन्फोग्राफिक्स)
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ७.२९ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएका छन् । जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ३३ अर्ब रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा एक खर्ब २४ करोड रुपैयाँ आर्जन गरेका थिए ।

NIMB

समिक्षा अवधिमा प्रथम बीमा शुल्कको बृद्धिदर भने नविकरण र कुलको तुलनामा निकै कम छ । कम्पनीहरुले जेठ महिनामा ६.२३ प्रतिशतले नविकरण बीमा शुल्क बृद्धि गर्दा २७ अर्ब ५६ करोड संकलन गरेका छन् । गएको वर्षमा यस्तो बीमा शुल्क आर्जन २५ अर्ब ९५ करोड थियो ।  

नविकरण बीमा शुल्क आर्जन भने ७.६७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले बैशाखसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँ आर्जन गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा ९८ अर्ब ५९ करोड थियो । यस वर्ष कुल बीमा शुल्क आर्जनमा नविकरणको हिस्सा ७९.३७ प्रतिशत छ भने प्रथमको २०.६३ प्रतिशत छ । जवकी गत वर्षको यहि अवधिमा नविकरणको हिस्सा ७९.१६ प्रतिशत थियो भने प्रथमको हिस्सा २०.८४ प्रतिशत थियो । यसरी प्रथम बीमा शुल्कको हिस्साको अनुपातमा केहि कमि देखिए पनि जीवन बीमा कम्पनीहरु लगभग नविकरणमै केन्द्रित छन् ।

समिक्षा अवधिमा सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ छ । नेपाल लाइफले कुल ३५ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा यस पटक नविकरणको बृद्धिदर २१.७६ प्रतिशत छ । कम्पनीको जीवन बीमा व्यवसायमा बजार हिस्सा २५.९९ प्रतिशत छ । प्रथम बीमा शुल्क आर्जन तर्फ सर्वाधिक धेरै बृद्धदर नेशनल लाइप लाइफको छ । नेशनल लाइफको बृद्धिदर २९.०५ प्रतिशत छ । नविकरण तर्फको बृद्धिदरमा सबैभन्दा धेरै प्रभु महालक्ष्मी लाइफको २६.१० प्रतिशत छ । कुल तर्फको बृद्धिदरमा एशियन लाइफको १४.९७ प्रतिशत छ । तर राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवासयमा भने भारि गिरावट देखिन्छ । कुल बीमा शुल्क तर्फ कम्पनीको बृद्धिदर २४.२८ प्रतिशतले ऋणात्मक छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया