Nepal Life

नविकरण बीमा व्यवसायको बृद्धिदरमा प्रभु महालक्ष्मी लाइफ सर्वाधिक अगाडी, २६.१० प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 19:01
नविकरण बीमा व्यवसायको बृद्धिदरमा प्रभु महालक्ष्मी लाइफ सर्वाधिक अगाडी, २६.१० प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । नविकरण बीमा शुल्क आर्जनको बृद्धिदरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी सर्वाधिक अगाडी देखिएको छ । मर्जर अगाडी साविक महालक्ष्मी लाइफ र प्रभु लाइफको संयुक्त व्यवसायको तुलनामा मर्जर पछिको जेठसम्मको नविकरण बीमा शुल्क आर्जनमा २६.१० प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले मर्जर पछि पुराना पोलिसीलाई निरन्तरताका लागि लिएको पहलका कारण बृद्धि भएको हो । जेठ महिनासम्ममा कम्पनीले कुल तीन अर्ब ७१ करोड आर्जन गर्दा नविकरण बीमा शुल्क मात्रै २ अर्ब ८९ करोड रहेको छ । साविक दुई कम्पनीको कुल बीमा शुल्क आर्जन तीन अर्ब २७ करोड थियो भने नविकरण जम्मा २ अर्ब २९ करोड थियो । कुल तर्फ १३.७३ प्रतिशतले बृद्धि भएको छ । तर प्रथम बीमा शुल्क आर्जन तर्फ भने बृद्धिदर ऋणात्मक छ । कम्पनीले समिक्षा अवधिमा ८२ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।   

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ७.२९ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएका छन् । जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ३३ अर्ब रुपैयाँ आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा एक खर्ब २४ करोड रुपैयाँ आर्जन गरेका थिए ।

समिक्षा अवधिमा प्रथम बीमा शुल्कको बृद्धिदर भने नविकरण र कुलको तुलनामा निकै कम छ । कम्पनीहरुले जेठ महिनामा ६.२३ प्रतिशतले नविकरण बीमा शुल्क बृद्धि गर्दा २७ अर्ब ५६ करोड संकलन गरेका छन् । गएको वर्षमा यस्तो बीमा शुल्क आर्जन २५ अर्ब ९५ करोड थियो ।  

नविकरण बीमा शुल्क आर्जन भने ७.६७ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले बैशाखसम्ममा एक खर्ब ६ अर्ब रुपैयाँ आर्जन गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा ९८ अर्ब ५९ करोड थियो । यस वर्ष कुल बीमा शुल्क आर्जनमा नविकरणको हिस्सा ७९.३७ प्रतिशत छ भने प्रथमको २०.६३ प्रतिशत छ । जवकी गत वर्षको यहि अवधिमा नविकरणको हिस्सा ७९.१६ प्रतिशत थियो भने प्रथमको हिस्सा २०.८४ प्रतिशत थियो । यसरी प्रथम बीमा शुल्कको हिस्साको अनुपातमा केहि कमि देखिए पनि जीवन बीमा कम्पनीहरु लगभग नविकरणमै केन्द्रित छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया