Nepal Life

अभिकर्ताको माग सम्बोधन हुँदा नेपाल लाइफ पुरानै लयमा फर्कियो: प्रथम बीमा शुल्क आर्जनमा आक्रामक, बजार हिस्सा सर्वाधिक

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Tue 19:38
अभिकर्ताको माग सम्बोधन हुँदा नेपाल लाइफ पुरानै लयमा फर्कियो: प्रथम बीमा शुल्क आर्जनमा आक्रामक, बजार हिस्सा सर्वाधिक
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पुरानै लयमा फर्किएको छ । सर्वाधिक बजार हिस्सा ओगट्दै आएको नेपाल लाइफ गएका केहि वर्षदेखि आर्थिक मन्दीको चरम दवावमा पर्दै आएको थियो ।

NIMB

एकातर्फ आर्थिक मन्दी अर्को तर्फ अभिकर्ताका कतिपय विषयवस्तुले गर्दा कम्पनीको बृद्धिदरमा असर पुर्याउदै आएको थियो । कम्पनी उच्च व्यवस्थापनले गएको जेठ महिनामा अभिकर्ताका सबै माग सम्बोधन गर्दै बजार विस्तारमा अग्रसर हुन अनुरोध गरे सँगै अभिकर्ताहरु फिल्डमा खटिएका छन् । परिणामस्वरुप चालु आर्थिक वर्षको ११ महिनामा नेपाल लाइफले प्रथम बीमा शुल्क आर्जन मात्रै २१.७६ प्रतिशतले बढाउन सफल भएको छ ।

गएको वर्षको जेठ एक महिनाको तुलनामा यस वर्षको जेठ एक महिनाको तथ्याङ्कलाई हेर्ने हो भने प्रथम बीमा शुल्क आर्जन २९.३३ प्रतिशतले बढेको छ । यहि अवधिमा नविकरण तर्फको बृद्धिदर १३.५५ र कुल तर्फको बृद्धिदर १७.२९ प्रतिशत छ । समग्र ११ महिनाको अवधिमा कम्पनीले आर्जन गरेको बीमा शुल्क तर्फ हेर्ने हो भने प्रथम तर्फ २१.७६ प्रतिशत, नविकरण ७.६४ प्रतिशत र कुल तर्फ ९.८८ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

अभिकर्ताहरुले आफ्नो माग सम्बोधन भए सँगै कम्पनीले यस वर्षका लागि दिएको सबै टार्गेट पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरिसकेका छन् । यहि हिसावले असार महिनामा पनि व्यवसाय बढ्ने हो भने नेपाल लाइफले बृद्धिदरमा ठुलो छलाङ मार्नेछ । अहिलेको जटिल परिस्थितिमा पनि यो तहको व्यवसाय भित्र्याउनु भनेको कम्पनीले आगामी दिनमा अझै धेरै बजार हिस्सा बढाउने निश्चित छ ।  

नेपाल लाइफले ११ महिनामा कुल ३५ अर्ब ५६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जस मध्ये प्रथम बीमा शुल्क आर्जन ६ अर्ब २५ करोड छ भने नविकरण बीमा शुल्क आर्जन २९ अर्ब ३० करोड छ । यस वर्षको जेठ महिनामा मात्रै नेपाल लाइफले ३ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम तर्फ ८३ करोड २५ लाख र नविकरण तर्फ २ अर्ब ३४ करोड आर्जन गरेको छ । गत वर्षको जेठ एक महिनामा मात्रै २ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जन ६४ करोड र नविकरण २ अर्ब ६ करोड रहेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया