Nepal Life

जीवन बीमा कम्पनीले एक खर्ब ४२ करोड बीमा शुल्क आर्जन गर्दा प्रथमको हिस्सा २१ प्रतिशत, कुन कम्पनीको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 17:20
जीवन बीमा कम्पनीले एक खर्ब ४२ करोड बीमा शुल्क आर्जन गर्दा प्रथमको हिस्सा २१ प्रतिशत, कुन कम्पनीको कति ?
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ४२ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जस मध्ये प्रथम बीमा शुल्क आर्जन ३१ अर्ब २३ करोड रुपैयाँ रहेको छ । त्यस्तै नविकरण बीमा शुल्क आर्जन एक खर्ब ११ अर्ब रुपैयाँ छ ।

NIMB

कुल बीमा शुल्क आर्जनमा नविकरणको हिस्सा ७८.०५ प्रतिशत रहेको छ भने प्रथम बीमा शुल्कको बजार हिस्सा २१.९४ प्रतिशत छ । जस मध्ये सर्वाधिक धेरै नेपाल लाइफको ३७ अर्ब १७ करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रथम मात्रै ६ अर्ब ५६ करोड रुपैयाँ संकलन गर्यो भने नविकरण ३० अर्ब ६१ करोड रहेको छ । कम्पनीको बजार हिस्सा २६.११ प्रतिशत रहेको छ ।

दोस्रो धेरै एलआइसी नेपालको रहेको छ । एलआइसीले कुल बीमा शुल्क आर्जन १७ अर्ब ४६ करोड गर्दा प्रथम २ अर्ब ३८ करोड मात्रै रहेको छ भने नविकरण १५ अर्ब ७ करोड रहेको छ । तेस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ रहेको छ । नेशनल लाइफले कुल १६ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम २ अर्ब ८७ करोड र नविकरण १२ अर्ब ५५ करोड रहेको छ ।

चौथो नम्बरमा रहेको हिमालयन लाइफले १४ अर्ब ८९ करोड आर्जन गर्दा पाँचौ नम्बरमा रहेको सूर्यज्योति लाइपको ८ अर्ब ८१ करोड छ ।

हेर्नुहोस् कुन कम्पनीको कति

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया