सुर्योदय वोमी लघुवित्त परासि शाखाले मृतकको परिवारलाई बीमा बाफत क्षतिपुर्ती रकम  बितरण 

  • BFIS News
  • 2024 Jun Wed 11:48
सुर्योदय वोमी लघुवित्त परासि शाखाले मृतकको परिवारलाई बीमा बाफत क्षतिपुर्ती रकम  बितरण 

काठमाडौं । सुर्योदय वोमि लघुवित्त वित्तीय संस्थाको परासि शाखाले मृतक सदश्यको परिवारलाई बीमा बापतको क्षतिपुर्ती रकम हस्तारन्तरण गरेको छ । 

नवलपरासी बर्दघाट सुस्था पस्चिम  जिल्ला  रामग्राम नगरपालिका नगरपालिक ५ परासिमा शाखा रहेको पल्हिनन्दन  गा.पा. वडा ०१, मा छोटकि सुनरिमा रहेको केन्द्र न . १४८.०१०९ कि सदस्य सरोजा देबि मल्लाको श्रीमान हरिलाल मल्लाको  मृत्यू भएपछि बीमाको क्षतिपुर्ति रकम सदस्यको श्रीमति सरोजा देबि मल्लालाई उपल्बध गराएको हो ।

सदस्य सरोजा देबि मल्लाले संस्थाबाट दुई लाख कर्जा लिएकोमा मल्लाको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज १४३१२३.५४ मिनाहा गरी ५६८७६.४६ रकम कामना सेवा बिकास बैंकको चेक हस्तारण गरिएको हो । उक्त चेक शाखा प्रमुख कृष्ण मुरारिलाल मालीले हस्तान्तरण गरेका हुन् । 

साथै शाखाको तर्फबाट कर्मचारी दिपेन्द्र प्रसाद उपध्या र अमित चौधरी उपस्थित थिए भने समूहको तर्फबाट प्रमुख लगायत अन्य सदस्य र छिमेकि तथा स्थानीयहरुको उपस्थिति थियो । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया