Nepal Life

नेपाल लाइफले गर्यो सर्वाधिक बीमा व्यवसाय, चरम आर्थिक मन्दीमै बजार हिस्सा २६ % कायम राख्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Thu 17:54
नेपाल लाइफले गर्यो सर्वाधिक बीमा व्यवसाय, चरम आर्थिक मन्दीमै बजार हिस्सा २६ % कायम राख्न सफल
Sanima Reliance

काठमाडौं । चरम आर्थिक मन्दी, मर्जर र तिव्र प्रतिस्पर्धाका विचमा पनि नेपाल लाइफले आफ्नो बजार हिस्सा कायम राख्न सफल भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० कुल ३७ अर्ब ७१ करोड बीमा शुल्क आर्जन गर्दै पहिलो स्थान लिएको छ । जीवन बीमा कम्पनीहरुले कुल एक खर्ब ४१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नेपाल लाइफ एक्लैको बजार हिस्सा २६.११ प्रतिशत रहेको छ ।

NIMB

कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरुले गएको आर्थिक वर्षमा ३१ अर्ब २३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नेपाल लाइफ एक्लैको बजार हिस्सा २१.०२ प्रतिशत रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा एक खर्ब ११ अर्ब रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गर्दा नेपाल लाइफ एक्लैले ३० अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नविकरण बीमा शुल्क आर्जनमा नेपाल लाइफको बजार हिस्सा २७.५५ प्रतिशत रहेको छ ।

दोस्रो स्थानमा रहेको बीमा कम्पनीको बजार हिस्सा १२ प्रतिशत रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको कम्पनीको बजार हिस्सा ११.५४ प्रतिशत छ । यस हिसावले कम्पनीलाई पच्छ्याइरहेका दुई कम्पनीको व्यवसायलाई जोड्दा पनि नेपाल लाइफको जति हुँदैन । कम्पनीले गएको आर्थिक वर्षको सुरुवाति चरणमा भन्दा पछिल्लो महिनामा उल्लेख्य मात्रामा व्यवसाय विस्तार गरेको देखिन्छ ।

नेपाल लाइफले यस भन्दा अघिल्लो आर्थिक वर्षमा कुल ३५ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यस वर्षमा प्रथम बीमा शुल्क आर्जन ७ अर्ब ३७ करोड थियो भने नविकरण बीमा शुल्क आर्जन २८ अर्ब एक करोड थियो । चरम आर्थिक मन्दीको चपेटामा परिरहेको जीवन बीमा व्यवासयमा नेपाल लाइफले नविकरण बीमा शुल्क आर्जन मार्फत आफ्नो बृद्धिदरलाई कायम राख्न सफल भएको हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया