NIMB Header 2
Nepal Life

घट्यो सुन-चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?

National Life
  • BFIS News
  • 2024 Jun 27 11:21
घट्यो सुन-चाँदीको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला सात सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला आठ सय रूपैयाँले घटेको हो।

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १७ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया