सार्वजनिक भयो अत्याधुनिक फिचरसहित 'नयाँ सेरेस ३', कति पर्छ मूल्य?

  • BFIS News
  • 2024 Jun Thu 11:27
सार्वजनिक भयो अत्याधुनिक फिचरसहित 'नयाँ सेरेस ३', कति पर्छ मूल्य?

काठमाडौं । अत्याधुनिक फिचर र क्षमता भएको सेरेसको नयाँ विद्युतीय एसयुभी सार्वजनिक भएको छ। नेपालका लागि सेरेस इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालिले विद्युतीय एसयुभी 'नयाँ सेरेस ३' सार्वजनिक गरेको हो।

विद्युतीय एसयुभीको असीमित क्षमता दर्शाउन 'लिमिटेडलेसनेस' अर्थात 'असीमितता' ट्यागलाइन प्रयोग गरिएको यो एसयुभी सहरी भूभागको बाटोसँगै उबडखाबड बाटोको लागि पनि उपयुक्त हुने कम्पनीले जनाएको छ।

नयाँ सेरेस ३ लाई सेरेसका उपाध्यक्ष जो झोउ र एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालको उपस्थितिमा बुधबार एक कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

नयाँ सेरेस ३ को बाहिरी आवरणमा रिडिजाइन गरिएको छ भने अगाडिको बम्परमा परम्परागत लोगोलाई प्रतिस्थापन गर्दै नयाँ आधुनिक लुक्स दिने उद्देश्यले पातलो तर स्पष्ट सेरेस लेखिएको छ। यसको भर्टिकल डेटाइम रनिङ लाइटले कारको सौन्दर्यलाई अझ बढाएको छ।

गाडीको भित्री डिजाइनमा पनि कम्पनीले केही परिमार्जन गरेको छ। यसको स्टेरिङमा नयाँ सेरेस लेखिएको छ। क्याबिनमा प्रयोग भएको लक्जरियस डबल कुशन सिट, पर्याप्त लेग रूम र १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमले यात्रालाई अझ बढी शानदार र विलासिता दिनेमा कम्पनी विश्वस्त छ।

नयाँ सेरेस ३ मा कम्फर्ट, स्पोर्ट र इको ड्राइभ मोडहरू पाउन सकिन्छ। यसको मद्दतले चालकले आफ्नो ड्राइभिंग मोडअनुसार गाडी चलाउन सक्नेछन् । गाडीमा एड्भान्स्ड एडास फिचरसहित अफलाइन जिपीएस नेभिगेसन र युरोपेली मापदण्डको सेग्मेन्ट फस्ट ड्यास क्याम छ।

यसमा ६ तरिकाले इलेक्ट्रिकल्ली एड्जस्टेबल सिट पनि पाउन सकिन्छ जसले गर्दा यात्रालाई आरामदायी बनाउँछ। साथै, यसमा फराकिलो सनरुफ र ६ वटा एअरब्याग दिइएको छ।

नयाँ सेरेस ३ कम्फर्ट र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ। जसको मूल्य क्रमश: ४९ लाख ९९ हजार रूपैयाँ र ५२ लाख ९९ हजार रूपैयाँ तोकिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया