Sanima Reliance

क्याप्टेन विजय लामालाई उडानमा लगाइएको प्रतिबन्ध फुकुवा

RBB
  • BFIS News
  • 2024 Jun Thu 18:19
क्याप्टेन विजय लामालाई उडानमा लगाइएको प्रतिबन्ध फुकुवा
Nepal Life

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामालाई उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ।  क्याप्टेन लामालाई जरिवाना र गल्ती नदोहोर्‍याउने सर्तमा उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरिएको हो।

उडान तथा यात्रु सुरक्षाका लागि निषेध गरिएका गतिविधि पटक-पटक दोहोर्‍याएको जनाउँदै प्राधिकरणले क्याप्टेन लामालाई उडानमा प्रतिबन्ध लगाउँदै छानविनका लागि समिति बनाएको थियो।

समितिको निष्कर्षबमोजिम क्याप्टेन लामालाई जरिवाना र गल्ती नदोहोर्‍याउने सर्तमा प्रतिबन्ध फुकुवा गरिएको हो।

 

शेयर गर्नुहोस

Connect Ips

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया