सूर्योदय वोमी लघुवित्तको परासी शाखाद्वारा मृतकको परिवारलाई बीमा मार्फत २ लाख दाबी भुक्तानी

  • BFIS News
  • 2024 Jun Thu 21:49
सूर्योदय वोमी लघुवित्तको परासी शाखाद्वारा मृतकको परिवारलाई बीमा मार्फत २ लाख दाबी भुक्तानी

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको परासी शाखाले सदश्य बाल कुमारी थरुनीको परिवारलाई २ लाख १० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

संस्थाको बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला रामग्राम नगरपालिका वार्ड नं ५ परासीमा रहेको शाखा कार्यालय परासीद्वारा रामग्राम नगरपालिका वार्ड नं-१८ पण्डितपुर मा संचालित रहेको केन्द्र नं १४८.०१२६ कि सदस्य बाल कुमारी थरुनीको गएको माघ १७ गते मृत्यु भएको थियो ।

उनको मृत्यु पश्चात संस्थाको कर्मचारी दिपेन्द्र प्रसाद उपाध्यायको पहलमा बीमा दाबी बापत रकम रु: दुई लाख र काजक्रिया खर्च बापत रु: दश हजार गरी जम्मा रु: दुई लाख दश हजारबाट निजको कर्जा रकम रु: १९०७११/- चुक्ता गरी बचेको रकम रु: १९२८९/- को साइन डेभलपमेन्ट बैंकको चेेक मृतकको श्रीमान् नाता पर्ने मनिराम थारुलाई हस्तान्तरण गरेको हो । शाखा प्रमुख कृष्ण मालीले सबै सदस्यको रोहबरमा हस्तान्तरण गरेका हुन् । 

सदस्य बाल कुमारी थरुनीले २०८० साल मंसिर २५ गते सूर्योदय लघुवित्तबाट किराना पसल संचालन को लागी दुई लाख कर्जा लिएकी थिइन् । सोहि बखत उनले २५६०/- तिरी ३ बर्ष को लागि आफ्नो र आफ्नो श्रीमान् को बिमा गराएकी थिइन् । संस्थाले हरेक सदस्यको कर्जा भुक्तानी गर्दा जोखिम न्यूनीकरण को लागि ऋणी सदस्य र निजको श्रीमान् को अनिवार्य बिमा गरेको हुन्छ यस संस्थाको शाखा प्रमुख कृष्ण मालीले जानकारी गराए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार