एनएमबी बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस, ग्राहकहरुलाई सम्मान तथा सहयोग

  • BFIS News
  • 2024 Jun Fri 12:54
एनएमबी बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस, ग्राहकहरुलाई सम्मान तथा सहयोग

काठमाडौं । एनएमबी बैंकले एमएसएमई दिवस मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरुलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेर एमएसएमई दिव मनाएको हो । कार्यक्रममा बैंकका विभिन्न शाखाहरुका ८०० भन्दा बढि ग्राहकहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एमएसएमईका ग्राहकहरुलाई लेखा, वित्त मार्केटिङ, डिजिटलाईजेशन जस्ता विषयहरुको जानकारी दिदै यसबाट अधिकतम फाईदा लिएर व्यवसाय अभिबृद्धि गर्नको लागि उत्प्रेरित गरिएको थियो । यस कार्यक्रममा उपस्थित ग्राहकहरु विच एक आपसमा सम्बन्ध जोड्न र उनिहरुको व्यवसाय प्रवर्द्धन गर्नको लागि बैंकले सहजिकरण गर्दै ग्राहकहरुलाई उनिहरुको व्यवसायमा आइपरेको विभिन्न समस्याहरु समाधान गर्नको लागि सुझाव दिइएको थियो भने उपस्थित केहि ग्राहकहरुले आफ्नो सफलताको कथाहरु समेत सुनाएका थिए ।

एमएसएमई तथा अन्य प्राथमिक क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको बैंकले एमएसएमई दिवस विगत तीन वर्षदेखि मनाउदै आइरहेको छ । यस्ता कार्यक्रममा उपस्थित ग्राहकहरुले प्रतिस्पर्धात्मक बजारमा आफुलाई शसक्त बनाएर आफ्नो व्यवयसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।

एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्याङ्कर’ पत्रिकाद्धारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपधी ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्धारा हालसम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ । एनएमबी बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरिय सेवा प्रदान गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार