NIMB Header 2
Nepal Life

नेपाल टेलिकमको ‘एफटिटिएच’मा स्तरोन्नति, देशभरबाट पुरानो प्रविधिलाई विस्थापन गरिँदै

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 28 21:20
नेपाल टेलिकमको ‘एफटिटिएच’मा स्तरोन्नति, देशभरबाट पुरानो प्रविधिलाई विस्थापन गरिँदै
National Life

काठमाडौं । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टू द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ । यससँगै काठमाडौं उपत्यकाका अधिकांश स्थानको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति भएको कम्पनीले आज विज्ञप्तिमार्फत जनाएको छ ।

Shikhar
NIMB

दूरसञ्चार कार्यालय नक्सालमा आज आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गर्दै टेलिकमले समयअनुसार नयाँ प्रविधि अवलम्बनलाई निरन्तरता दिएको बताइन्। उनले नेपाल टेलिकमप्रति सेवाग्राहीमा भएको सकारात्मक धारणालाई चिरस्थायी बनाउन कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताइन्।

कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रीना डङ्गोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुलीलगायतका वक्ताले हाल टेलिकमले विभिन्न स्थानमा स्तरोन्नति जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे। दूरसञ्चार कार्यालय नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा पाँच हजार क्षमताको एक्सचेन्ज निर्माण भई हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको जानकारी दिए।

‘एफटिटिएच’ प्रविधिअन्तर्गत एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सक्नेछन् । नेपाल टेलिकमले देशभरका पुरानो कपर प्रविधिलाई विस्थापन जारी राखेको छ । यसबाट छिट्टै देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने नेपाल टेलिकमले जनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया