United Ajod

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त प्रतीक थापा पक्राउ

Everest Bank
  • BFIS News
  • 2024 Jun Fri 21:38
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त प्रतीक थापा पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार भनिएका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन्।

थापालाई आइतबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमा राखेको थियो। रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो।

प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताए पनि अनुसन्धानकै क्रममा उनी फरार भएका थिए। त्यसपछि प्रहरीले २०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया