NIMB Header 2
Nepal Life

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त प्रतीक थापा पक्राउ

National Life
  • BFIS News
  • 2024 Jun 28 21:38
नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त प्रतीक थापा पक्राउ
Sanima Reliance

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार भनिएका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो। उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन्।

Shikhar
NIMB

थापालाई आइतबार अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौंले थापालाई फरार सूचीमा राखेको थियो। रामबहादुर थापा गृहमन्त्री भएका बखत विचौलिया र गृह मन्त्रालयकै कर्मचारीहरुसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो।

प्रतीकले आफू यसमा संलग्न नरहेको भन्दै अनुसन्धानलाई सघाउने बताए पनि अनुसन्धानकै क्रममा उनी फरार भएका थिए। त्यसपछि प्रहरीले २०८० वैशाख ३१ गते उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया