NIMB Header 2
Nepal Life

नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ्ग खुला 

Muktinath Bank
  • BFIS News
  • 2024 Jun 30 04:57
नेपालमै पहिलोपटक २२ सिट क्षमताको विद्युतीय लक्जरी बस आउँदै, बुकिङ्ग खुला 
Everest Bank

काठमाडौं । शशिला मोटर्सले Vanche ब्राण्डको २२ सिट क्षमताको नयाँ विद्युतीय यात्रुबाहक बस नेपाल भित्र्याउने भएको छ । एक पटकको फुल चार्जमा ३ सय किलोमिटर गुड्ने यो बसमा ४ सय एनएमको टर्क र १ सय ४० किलोवाटको पिक पावर रहने कम्पनीले बताएको छ ।

Shikhar
NIMB

CATL १ सय २३ किलोवाटको (Lithium Iron Phosphate) ब्याट्री  जडान हुने यो बसमा पूर्ण रुपमा एयर कन्डिसन र सबैखाले सेफ्टी फिचर उपलब्ध हुनेछ भने लम्बाइ २५ फिट हुनेछ । फराकिला सिट र पर्याप्त खाली ठाउँ हुने भएकाले लामो तथा छोटो दुरीमा संचालन गर्न यो बस यात्रु मैत्री हुने शशिला मोटर्स प्रा.लि. का प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बताएका छन् । १ सय २३ किलोवाटको ब्याट्री  क्षमताको विद्युतीय गाडी नेपालमै पहिलो पटक ल्याउन लागिएको खतिवडाको दावी छ । उहाँले बस आइपुग्नु भन्दा पहिलो आवश्यक पार्टपुर्जा र सर्भिसिङ तथा मर्मत सबैको ब्यवस्था मिलाइने र बस संचालकलाई बिना झन्जट सेवा दिने पनि बताए । 

दशैंलाई लक्षित गरि ल्याउन लागिएको उक्त बसको बुकिङ्ग भने अहिलेदेखि नै खुला भएको छ । बसको मुल्य निर्धारण हुन बाँकी नै रहे पनि अहिले नै बुकिङ गर्ने पहिलो ५० ग्राहकले ८९ लाख ९० हजारमा पाउने र त्यसपछि सो भन्दा केही बढ्ने कम्पनीले जनाएको छ । विगत दश बर्षदेखि ब्यवसायिक गाडीहरु विक्री वितरण गर्दै आएको शशिला मोटर्स प्रा.लि. पछिल्लो समय नेपालको लागि हाइगर विद्युतीय बसको आधिकारिक बिक्रेता रहेकोमा अब नेपालको लागि Vanche ब्राण्डका सबै बस तथा भ्यानहरुको पनि आधिकारिक बिक्रेता बनेको छ । जुन Sprinter डिजाइनको बस बनाउने चीनकै अग्रणी कम्पनी हो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया