NIMB Header 2
Nepal Life

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको दुई आर्थिक वर्षको साधारण सभा बस्दै, लाभांश वितरणको प्रस्ताव पारित गरिने

National Life
  • BFIS News
  • 2024 Jun 30 09:02
नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकको दुई आर्थिक वर्षको साधारण सभा बस्दै, लाभांश वितरणको प्रस्ताव पारित गरिने
Sanima Reliance

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ। असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं र १९ औं वार्षिक साधारण सभा आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने गरी बोलाएको हो।

Shikhar
NIMB

सभामा कम्पनीको सञ्चालक समितिद्वारा आव २०७९/८० का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण र आर्थिक वर्ष २०७८/७९ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) को प्रस्ताव पारित गरिनेछ।

बोनस सेयर जारी गर्दा कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गरिनेछ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने छ।
 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया