NIMB Header 2
Nepal Life

आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया

National Life
  • BFIS News
  • 2024 Jun 30 09:38
आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै एनआइसी एसिया
Sanima Reliance

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर आइतबारदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको छ।

Shikhar
NIMB

बैंकले कम्पनीको ३ लाख कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको हो। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १६२ रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले आगामी असार २३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ।

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। सेयर खरिदका लागि जोसुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन्। सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।

बोलपत्र आवेदन काठमाडौं बबरमहलस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया