Nepal Life

नयाँ लघु बीमा कम्पनी गार्डियन पहिलो वर्षमै मुनाफामा, बीमा शुल्क आर्जन एक लाख ४१ हजार

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Fri 06:41
नयाँ लघु बीमा कम्पनी गार्डियन पहिलो वर्षमै मुनाफामा, बीमा शुल्क आर्जन एक लाख ४१ हजार
Sanima Reliance

काठमाडौं । नयाँ लघु बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको पहिलो वर्षमै मुनाफामा देखिएको छ । कम्पनीले गएको असार अन्तिममा लघु बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

NIMB

गत आर्थिक वर्षको अपरिष्कृत लेखापरीक्षण सार्वजनिक गर्दै २५ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन भएको जानकारी दिएको छ । कम्पनीले यस अवधिमा एक लाख ४१ हजार कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको चुक्ता पूँजि ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । लाइसेन्सिङको प्रकृयाँमा जुटेको पूँजीबाटै कम्पनीले उक्त मुनाफा आर्जन गरेको हो । उक्त पूँजी मध्ये ४५ करोड ५० लाख रुपैया दीर्घकालिन लगानी गरेको छ । यसबाट मात्रै कम्पनीले एक करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय विराटनगरमा रहेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी रहेका छन् भने नायव प्रमुख कार्यकारी अधिकृतमा बीमा समितिका पुर्व चार्टर्ड एकाउन्टेन्ट ज्योति प्रकाश पाण्डे छन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया