Nepal Life

दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनका लागि सिप्रदी र यात्रीबीच सम्झौता

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 12:22
दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनका लागि सिप्रदी र यात्रीबीच सम्झौता
National Life

काठमाडौं । दुई पांग्रे विद्युतीय सवारी साधन उत्पादनका लागि सिप्रदी र यात्रीबीच रणनीतिक साझेदारीका लागि सम्झौता भएको छ।

सिप्रदी र यात्रीबीच स्वदेशमै विद्युतीय दुई पांग्रे सवारी साधन उत्पादन गर्नका लागि रणनीतिक साझेदारीको रूपमा सम्झौता भएको हो।

Shikhar
NIMB

देशको बाटो र माटो सुहाउँदो तथा नेपाली ग्राहकको बदलिँदो इच्छा एवं आवश्यकतालाई परिपूर्ति गर्ने विश्वासको साथ सिप्रदी र यात्रीले गुणस्तरीय दुई पांग्रे सवारी उत्पादन गर्न उक्त सम्झौता गरेका हुन्।

सिप्रदी मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा सन् १९८२ वर्षदेखि आवद्ध रहेको छ।

नेपालमै पहिलो इलेक्ट्रिक मोटरसाइकल पी–० र पी–१ बनाएर चर्चा कमाएको यात्री नेपाली युवाहरूबीच चर्चित ब्राण्ड हो।

यात्री डिजाइन स्टुडियोले उत्पादन गरेको यात्री मोटरसाइकल नेपाली विद्युतीय दुई पांग्रे उत्पादन उद्योगमा कोशेढुंगा साबित भएको बताइएको छ।

भविष्यमुखी सोच एवं आधुनिक प्रविधिलाई आत्मासात गर्दै देशमा वातावरण मैत्री यातायात प्रणाली विकास एवं विस्तार गर्नुका साथै नेपाली युवा व्यवसायिलाई प्रोत्साहन गर्नका लागि यो सम्झौता प्रभावकारी हुने विश्वास दुवै पक्षले लिएका छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया