बुटवल पावरको मुनाफा १४ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ

  • BFIS News
  • 2023 Aug Fri 06:54
बुटवल पावरको मुनाफा १४ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानी ७ रुपैयाँ

काठमाडौं । बुटवल पावर कम्पनीको मुनाफा १४.२० प्रतिशतले घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत ७२ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री गरी ७७ करोड ५० लाख रुपैयाँ कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी १००.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१९ प्रतिशत घटेको छ ।  नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६० पैसा घटेर ७ रुपैयाँ ८४ पैसामा झरेको छ । यहि अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.१६ गुणा रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ रहेको छ । यसरी कम्पनीको कुल पूँजी कोष ६ अर्ब ९९ करोड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार