Nepal Life

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?

Global Ime detail Page
  • BFIS News
  • 2024 Jun Sun 21:47
निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, लिटरको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। निगमले आज विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ र डिजेल तथा मट्टीतेलमा पाँच रूपैयाँ बढाएको हो।

NIMB

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो।

निगमका अनुसार आइओसीले पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ ४१ पैसा र डिजेलको चार रूपैयाँ ९१ पैसा बढाएर मूल्य पठाएको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५४ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य १६६ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५६ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १६७ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टीतेल लिटरको १५७ रूपैयाँ पर्नेछ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया