महिला लघुवित्तको झण्डै दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

  • BFIS News
  • 2024 Jul Mon 08:00
महिला लघुवित्तको झण्डै दुई लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले सूचना जारी गर्दै १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको जनाएको छ।

सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले साउन ८ गते दिउँसो ३ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७ सय रुपैयाँ निर्धारण गरिएको छ। संस्थापक सेयर खरिदका लागि न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।  

बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आइपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार