NIMB Header 2
Nepal Life

नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी अधिकारीलाई

National Life
  • BFIS News
  • 2024 Jul 01 08:30
नेपाल धितोपत्र बोर्डको प्रशासकीय प्रमुखको जिम्मेवारी अधिकारीलाई
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का प्रवक्ता डा. नवराज अधिकारीले प्रशासकीय प्रमुखको जिम्मेवारी पाएका छन्। बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले अधिकारीलाई उक्त जिम्मेवारी दिएका हुन्।

Shikhar
NIMB

रानाले आफ्नो अनुपस्थितिमा बोर्डको काम कारबाही अघि बढाउन अधिकारीलाई प्रशासकीय प्रमुखको जिम्मेवारी दिएका हुन्।

जेठ दोस्रो साता कार्यकारी अध्यक्षको हैसियतमा अर्थमन्त्रालयबाट बोर्ड पठाइएका रानालाई अर्थमन्त्री वर्षमान पुनले गत साता अर्थमन्त्रालयमै बजेट तथा कार्यक्रम महाशाखाको जिम्मेवारी दिएका थिए। आफ्नो कामको चापका कारण उनले अधिकारीलाई उक्त जिम्मेवारी दिएका हुन्।

सेबोनको सञ्चालक समितिमा अर्थमन्त्रालयका सहसचिव प्रतिनिधि रहने व्यवस्था छ । सरकारले धितोपत्र सम्बन्धी ऐन संशोधन गरेर बोर्डमा अध्यक्ष रिक्त रहेको अवस्थामा अर्थमन्त्रालयको प्रतिनिधिले नै कार्यकारी अध्यक्षको हैसियतमा काम गर्ने अधिकार दिएको थियो ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया