NIMB Header 2
Nepal Life

निफ्राको १० लाख कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन

National Life
  • BFIS News
  • 2024 Jul 01 10:49
निफ्राको १० लाख कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को संस्थापक सेयर खरिदका लागि आवेदन पेश गर्ने आज अन्तिम दिन हो। एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको १० लाख कित्ता संस्थापक सेयर गत असार १० गतेदेखि लिलामीमार्फत बिक्रीमा राखेको थियो।

Shikhar
NIMB

इच्छुकले खरिदकर्ताले आजसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ निर्धारण गरिएको छ।  

सेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो सुकै कम्पनी, व्यक्ति वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।

सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ।

बोलपत्र आवेदन बबरमहलस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया