६ महिनामा नेपाल आउने पर्यटकको संख्या ५ लाख ८३ हजार, जुन महिनामा सबैभन्दा कम

  • BFIS News
  • 2024 Jul Mon 15:16
६ महिनामा नेपाल आउने पर्यटकको संख्या ५ लाख ८३ हजार, जुन महिनामा सबैभन्दा कम

काठमाडौं । सन् २०२४ को सुरुवाती ६ महिनामा नेपाल आउने पर्यटकको संख्या ५ लाख ८३ हजार १६ पुगेको छ। पर्यटन बोर्डको तथ्यांक अनुसार जुन महिनामा ७६ हजार ७३६ पर्यटक भित्रिएसँगै पर्यटकको संख्या  ५ लाख ८३ हजार १६ पुगेको हो।

जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ७९ हजार ४२६, मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६ र मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका थिए।

जुन महिनामा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन्। ३७ हजार ८३५ भारतीय पर्यटक नेपाल आएका हुन्। त्यस्तै अमेरिकाबाट ८ हजार २८१, चीनबाट ७ हजार ४९४, बंगलादेशबाट ३ हजार ८५७, बेलायतबाट १ हजार ९६९, अष्ट्रेलियाबाट १ हजार ५८९ पर्यटक जुन महिनामा नेपाल आएका हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया