Nepal Life

नेपाल लाइफ हरेक सूचकमा अगाडी, सरकारलाई ३ अर्ब ४८ करोडको राजश्व भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Mon 21:57
नेपाल लाइफ हरेक सूचकमा अगाडी, सरकारलाई ३ अर्ब ४८ करोडको राजश्व भुक्तानी
Sanima Reliance

काठमाडौं । एक सशक्त जीवन बीमा कम्पनीको रुपमा नेपाल लाइफले प्रत्येक परिवारको सुरक्षा र समृद्धिको चाहनालाई पुरा गर्दै आइरहेको छ । समाजका हरेक तह र तप्काका मानिसहरुको आर्थिक र सामाजिक आवश्यकताको परिपूर्तीका लागि विभिन्न प्रकारका आकर्षक बीमा योजनाहरु तर्जूमा गरी आफ्ना ग्राहकहरुलाई उच्चतम र गुणस्तरीय बीमा सेवा प्रदान गरिरहेको छ ।

NIMB

नेपालको जीवन बीमा उद्योगमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई नयाँ उचाईमा कायम राख्न संरचनात्मक सुधार, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजार रणनीति अवलम्बन गर्दै आइरहेको छ ।

कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको छ । आधुनिक अनलाइन सूचना प्रविधिको प्रयोग गर्दै कम्पनीले आफ्ना ग्राहकहरुलाई छिटो र सजिलो सेवा उपलब्ध गराउदै आएको कम्पनीका अध्यक्ष गोविन्दलाल संघाइ बताउछन् । सहज र छिटो बीमा शुल्क भुक्तानीका लागि डिजिटल पेमेन्ट गेटवेहरुको प्रभावकारी उपयोग गरिरहेको उनले जानकारी दिए ।

देशको अर्थतन्त्र  साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि बीमा शुल्क आर्जन, लगानी र लगानीबाट प्राप्त हुने आम्दानीमा उल्लेख्य उपलब्धि हासिल गर्न कम्पनी सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली बताउछन् । उनले भने ‘संचालक समिति लगायत अन्य संचालक स्तरिय समितिहरुको रणनीतिक योजना र दुरदर्शी प्रयासले कम्पनीलाई जीवन बीमा क्षेत्रमा पहिलो रोजाईको रुपमा कायम राख्न प्रमुख भूमिका खेलेको छ ।’ विगत वर्षहरु जस्तै चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरुको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको रुपमा स्थापित भई निरन्तर उच्चतम सञ्चालन आम्दानी तथा प्रतिफल दिन कम्पनी सफल भएको उनले जानकारी दिए ।  

नेपाल लाइफका सफलताका सूचकहरु

नेपाल लाइफले बीमितलाई अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनसदर प्रदान गर्दै आइरहेको छ । गएका दुई आर्थिक वर्षमा फ्युचर बोनस प्रोभिजनिङका कारण न्युनतम बोनसदर घटे पनि सर्वाधिक बिक्री हुने सावधिक जीवन बीमाको बोनसदरलाई भने यथावत राख्न सफल भएको छ । कम्पनीले गएका दुई वर्षमा वित्तीय प्रणालीमा ठुलो रिफर्म गरेको छ । जसले गर्दा कम्पनीलाई विश्वास गरेर लामो अवधिको बीमा पोलिसी खरिद गर्ने बीमितलाई न्याय प्रदान गरेको छ । यस सँगै अवका दिनमा यस्ता बीमितले कहिले पनि नराम्रो बोनसको सामना गर्नु पर्ने छैन ।

सरकारी राजश्वमा योगदान

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा कर्मचारी, अभिकर्ता, सेवाप्रदायक संस्थाहरु लगायत गरि स्रोतमा कर कट्टी बापत करिव ९८ करोड र आयकर मार्फत करिव २ अर्ब ५७ करोड गरि कुल ३ अर्ब ५५ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्व भुक्तानी गरेको छ । कुल भुक्तानी मध्ये एफपिओ र हकप्रद शेयर लिलाममा प्राप्त प्रिमियम बापतको कर एक अर्ब २ करोड रुपैयाँ थि यो ।

यसै गरी कम्पनीले आर्थिक वर्ष २०७९/८० मा कर्मचारी, अभिकर्ता, सेवाप्रदायक संस्थाहरु लगायत गरि स्रोतमा कर कट्टि वापत करिव ९० करोड र आयकर मार्फत २ अर्ब ५८ करोड गरि कुल ३ अर्ब ४८ करोड रुपैयाँ नेपाल सरकारलाई राजश्व भुक्तानी गरेको छ ।

जीवन बीमा कोष

हालसम्मको अवस्थामा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब नाघिसकेको छ । कम्पनीले विगत ५ वर्षको अवधिमा जीवन बीमा कोष झण्डै दोब्बरले बृद्धि गर्न सफल भएको छ ।  

शेयर धनी कोष तथा लगानी

कम्पनीले बीमित सँग संकलन गरेको जीवन बीमा कोषलाई उचित क्षेत्रमा लगानी गर्दै आइरहेको छ । गत आर्थिक वर्षमा २ खर्ब भन्दा धेरै लगानी गरेको थियो । आजका दिनसम्ममा यस्तो लगानी २ अर्ब १० अर्ब नाघिसकेको छ ।

कम्पनीको शेयरधनी कोषमा ११ अर्ब ६६ करोड जम्मा गरिसकेको छ । कम्पनीले आर्जन गरेको मुनाफाबाट लाभांश वितरण गरेर बाँकी रहेको रकमलाई केहि सुरक्षित कोषमा छुट्टाएर शेयरधनी कोषमा जम्मा गर्ने गरेको छ ।

कुल बीमा शुल्क आर्जन

नेपाल लाइफले हालसम्म बीमितहरु सँग २ खर्ब ५९ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरिसकेको छ । यहि रकमबाट अभिकर्ताले कमिशन पाउनुका साथै दाबी भुक्तानी पनि प्राप्त गर्छन् । कम्पनीले हालसम्म बीमितलाई ७८ अर्ब ७६ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । कम्पनीले हालसम्म ३५ लाख ५२ हजार वटा पोलिसी जारी गरिसकेको छ । बीमितले सहुलियत व्याजदरमा ३५ अर्ब ५३ करोड रुपैयाँ बीमालेख धितोमा राखेर कर्जा प्राप्त गरेका छन् ।

शाखा सञ्जाल तथा कर्मचारी

नेपाल लाइफले नेपालभर १९३ वटा शाखाहरु मार्फत जीवन बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । यसका लागि ५९० जना कर्मचारी कार्यरत छन् । कम्पनीले २४ वटा बीमा पोलिसी जारी गरिसकेको छ ।

अभिकर्ता संख्या

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपाल लाइफमा ५४ हजार ७४३ जना अभिकर्ताहरु सक्रिय छन् । यहि सक्रिय अभिकर्ताले नेपाल लाइफको ब्राण्डलाई गाउँ गाउँमा पुर्याइरहेका छन् ।

कम्पनीको अल्पकालिन तथा दीर्घकालिन लक्ष्य

कम्पनीले नाफा बढाउने अल्पकालिन लक्ष्य लिएको छ । यसका साथै लगानीकोष तथा जीवन बीमा कोष बढाउने योजना बनाएको छ । स्वस्थ प्रतिस्पर्धा कायम गर्दै बीमा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वा गर्ने दीर्घकालिन लक्ष्य बनाएको छ । जीवन बीमा कोषमा दिगो बृद्धि गर्नुका साथै बजारमा ग्राहकहरुलाई उच्चतम लाभांश प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

उक्त लक्ष्य पुरा गर्नका लागि आवश्यकतामा आधारित योजनाहरुको तर्जुमा गर्ने रणनीति तय गरिएको कम्पनीले जनाएको छ । लगानी विविधिकरण, बजार पहुँच विस्तार र बीमा योजनाहरुको लागि विभिन्न माध्यम उपयोग गर्ने रणनीतिहरु छन् ।

यस्ता अल्पकालिन तथा दिर्घकालिन लक्ष्य प्राप्तिका लागि तय भएका रणनीतिले प्रथम बीमा शुल्क तथा कुल बीमा शुल्क, जीवन बीमा कोष, लगानी प्रतिफल र बजार हिस्सामा बृद्धि हुने कम्पनीको विश्वास छ ।

यति मात्रै नभएर अभिकर्ता पलायनको अवस्थालाई न्युनिकरण गर्दै पेशागत अभिकर्ताको संख्या बढाउने कम्पनीको लक्ष्य रहेको छ । यसका लागि व्यवसायिक र निष्ठावान अभिकर्ताहरु तयार पार्न प्रभावकारी र उत्प्रेरणात्मक तालिमहरु सञ्चालन गर्नुका साथै पुरस्कारमा आधारित स्वस्थ प्रतिस्पर्धा गराउने भएको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक ठुलो नेपाल लाइफले यस पटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकै पटक सम्पन्न गर्दैछ । कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत अर्थात एक अर्ब ७२ करोड रुपैयाँ मुनाफा वितरण गर्दै छ । आर्थिक वर्ष २०७९/८० मा २ अर्ब एक करोड मुनाफा आर्जन गरेको छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया