Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारण सभा आज, नगद लाभांश वितरण प्रस्ताव पेश हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 08:07
नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारण सभा आज, नगद लाभांश वितरण प्रस्ताव पेश हुने
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको दुई आर्थिक वर्षको साधारण सभा आज आयोजना हुँदैछ। कम्पनीको २३ औं र २४ औं सभा आज वीरगञ्जमा रहेको होटल भिष्वामा बिहान ९ बजे आयोजना हुन लागेको हो।

NIMB

सभामा आर्थिक वर्ष २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, सभामा कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित गरिनेछ।

कम्पनी नियमावलीमा गरिने संशोधनमाथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित हुनेछ।

यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।  

सभामा २०७९/८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित हुनेछ।  

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले गत असार ४ गते बुक क्लोज गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया