Nepal Life

प्रभु महालक्ष्मी लाइफकी अभिकर्ता सरस्वती पण्डितले जन्मदिनको अवसरमा आफैले लिइन बीमा पोलिसी

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 11:43
प्रभु महालक्ष्मी लाइफकी अभिकर्ता सरस्वती पण्डितले जन्मदिनको अवसरमा आफैले लिइन बीमा पोलिसी
Sanima Reliance

काठमाडौं । पृथक सोच कि धनि सरस्वती पण्डितले बीमाको महत्त्व बुझी आफ्नो जन्मदिनको अवसर पारेर आफ्नो बीमा आफै गरेकी छिन् । प्रभु महालक्ष्मी लाइफकी अभिकर्ता पण्डितले अरुको उपहारको अपेक्षा नगरी आफैले बीमा गरेर उदाहरणीय काम गरेकी हुन् । 

NIMB

जीवन बीमा सबैका लागि अपरिहार्य छ । बीमा पोलिसीलाई सुरक्षा तथा बचतका रुपमा मात्रै नभइ सम्पत्तीको रुपमा पनि हेर्ने गरिन्छ । यसले गर्दा विभिन्न अवसरमा जिन्सी सामानका अतिरिक्त बीमा पोलिसीलाई पनि उपहारका रुपमा दिने प्रचलन छन् । जन्मदिन मनाउने क्रममा उनले दुई लाख ५५ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गरेर पोलिसी खरिद गरेकी हुन् । 

जीवन बीमा व्यवसायका लागि बीमा कम्पनीहरुका कर्मचारी तथा अभिकर्ताहरु दिनरात खटिइरहेका हुन्छन् । सधै अरुको मात्रै बीमा गराउने र बीमा गर्नका लागि अभिप्रेरित गर्नेले नै यसरी पोलिसी खरिद गर्दा अन्य व्यक्तिहरुलाई पनि प्रोत्साहित गर्ने कम्पनीकी शाखा प्रमुख रेनु कुमारी शाह बताउछिन् । 

वास्तवममा बीमा भनेको विश्वास हो । कम्पनीहरुले बीमितलाई बीमा शुल्क लिएर विश्वास बिक्री गर्छन् र निश्चित अवधि पछि बोनस सहित रकम फिर्ता गर्छन् । साथै भोलिका दिनमा भवितव्य केहि भइहाल्यो भने क्षतिपूर्ति पनि भर्पाइ गर्ने भएकाले बीमा हरेकको जीवनमा अपरिहार्य भएको पण्डितको भनाइ छ ।

प्रभु महालक्ष्मी लाइफको हेटौडा शाखामा महिला अभिकर्ताहरुको सक्रियता उल्लेखनीय रहदै आएको आएको छ । अभिकर्ता पेशालाई नै प्रमुख आम्दानीको स्रोत बनाउदै दैनिक रुपमा कार्यालयमै बसेर काम गर्ने महिलाहरुको संख्या धेरै रहेको शाखा प्रमुख शाहले बताइन् । उनले थपिन् 'अभिकर्ता पेशालाई 'पार्टटाइम' रोजगारीका रुपमा लिइन्छ । तर उहाँहरु अभिकर्ता पेशालाई मुल पेशा बनाउदै नियमित रुपमा कार्यालयमै आएर काम गर्दै आउनु भएको छ ।'  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया