Nepal Life

नेपाल लाइफको २३ औं र २४ औं साधारणसभा सम्पन्न, एक अर्ब ७२ करोड नगद लाभांश पारित

Global Ime detail Page
  • BFIS News
  • 2024 Jul Tue 13:51
नेपाल लाइफको २३ औं र २४ औं साधारणसभा सम्पन्न, एक अर्ब ७२ करोड नगद लाभांश पारित
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एकै पटक २३ औं र २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वीरगंजको होटल भिष्वामा सम्पन्न भएको वार्षिक साधारणसभाले २१.०५ प्रतिशत नगद लाभांश सहित सम्पुर्ण प्रस्तावहरु पारित गरेको छ ।  

NIMB

सभाले आर्थिक वर्ष २०७९/८० का लागि सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको २१.०५ प्रतिशत (कर प्रयोजनसहित) का दरले हुन आउने १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९४९ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाबाट कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह (क) का सेयरधनीबाट ३ जना सञ्चालक, सर्वसाधारण समूह (ख) का सेयरधनीका तर्फबाट ३ जना सञ्चालक तथा १ जना स्वतन्त्र सञ्चालक हुने गरी समूहगत प्रतिनिधित्व सम्बन्धमा नियमावलीमा संशोधनको विशेष प्रस्ताव पारित भएको छ । 

कम्पनी नियमावलीमा गरिने संशोधनमाथि नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त हुने निर्देशन बमोजिम नियमावलीमा आवश्यक संशोधन/परिमार्जन गर्नु परेमा सोको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव समेत पारित भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा पेश गरिने आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित हुनुका साथै लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित भएको छ।  

सभाबाट २०७९/८० का लागि नियुक्त भएको लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिकलाई अनुमोदन गर्ने र चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिएको छ ।  

अध्यक्ष गोबिन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको उनले बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, Learning Management System लाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, Automation को प्रयोगबाट समयको बचत र लागत घटाउन भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको उनले जानकारी दिए । साथै, कम्पनीले Risk Management Framework तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी दिए ।

संचालक समितिका अध्यक्ष गोबिन्द लाल संघईले साधारण सभामा शेयरधनीहरुले दिएका सुझावहरुलाई सकरात्मक रूपमा लिईने जानकारी गराउदै कम्पनीको विकासमा योगदान पुर्याउने सबैमा धन्यवाद ज्ञापन गरे ।

कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले शेयरधनीहरुबाट प्रस्तुत भएका जिज्ञासा तथा सुझावहरुको सन्दर्भमा संचालक समितिको धारणा प्रस्तुत गर्दै शेयरधनीहरुको सकारात्मक सुझावहरुलाई कम्पनीको विकासको निम्ति अवलम्बन गर्न सदैव तयार रहेको कुरा बताए ।

२३औँ र २४औँ बार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०७८/७९ र आ.व.२०७९/८० मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धि र भावी योजनाहरु बताएका थिए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले कुल बीमाशुल्क आर्जनका आधारमा आ.व २०७८/७९ मा नेपालको समग्र जीवन बीमा बजारको २५.५९ प्रतिशत र आ.व. २०७९/८० मा २६.०६ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको सहर्ष जानकारी गराए । चुनौतीपूर्ण बजार परिस्थितिमा पनि कर्मचारी, अभिकर्ता एवं सरोकारवालाहरुको साथ सहयोगले एक भरपर्दो, विश्वसनीय र उत्कृष्ट कम्पनीको रुपमा स्थापित भई निरन्तर उच्चतम् Operating Income तथा प्रतिफल दिन सफल भएको उनले बताए ।

२०८१ जेठ मसान्त सम्ममा यस कम्पनीको लगानी रु. २००.५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८९ अर्ब १८ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ६६ करोडभन्दा बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९३ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु २५९.८३ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ भने रु ७८.७६ अर्ब दावी भुक्तानी गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २४ वटा बीमा योजना अन्तर्गत ३५,५२,४१४ बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया